प्रधानसेनापति थापा आज चीन जाँदै « Khabarhub

प्रधानसेनापति थापा आज चीन जाँदै


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आज(आइतबार) चीन जाँदैछन् । प्रधानसेनापति भएपछि थापाको यो पहिलो चीन भ्रमण हो ।

चिनियाँ सेनाका प्रमुख लि झुओचिंगको निमन्त्रणामा प्रधानसेनाप्रति थापाको चीन भ्रमण तय भएको जंगी अड्डाले जनाएको छ । चीनबाट फर्केपछि प्रधानसेनापति थापा अमेरिका जानेछन् ।

थापा नेतृत्वको भ्रमण दलमा श्रीमती दीपा थापा तथा सेनाको कार्यरथी विभागका उपरथी अनन्त कार्कीसहितको आठ जनाको टोली रहनेछ ।

चीनमा रहँदा थापाले स्टेट काउन्सिलर तथा विदेशमन्त्री वांग यी, रक्षामन्त्री वेइ फेंगे, केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष झांग योसियालगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उ

नी एयर चाइनाको उडानबाट चीनको छेन्दु हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ । उनले समकक्षी लीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ । सेनाले स्थापना गर्ने प्रतिरक्षा विश्वविद्यालयमा चिनियाँ सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरको तयारी छ । उनले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ ।

नेपाल र चीनबीच सेनाको तहमा २०४४ सालदेखि सहयोग आदनप्रदान हुँदै आएको छ । त्यसयता दुवै देशका सेना प्रमुखको तहमा भ्रमण आदनप्रदान भइरहेको छ । चिनियाँ सेना अमलेखगञ्जस्थित जंगल वारफेयर, नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमका लागि सहभागी हुँदै आएका छन् । नेपाली सेनाले पनि चिनियाँ सेनासँग विभिन्न प्रकारका तालिममा सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ३२ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा