पिनासको संक्रमण फैलिए आँखामा पिप जम्न सक्छ, यसरी गर्नुस् रोकथाम र उपचार « Khabarhub

पिनासको संक्रमण फैलिए आँखामा पिप जम्न सक्छ, यसरी गर्नुस् रोकथाम र उपचार


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पिनास कुनै रोग नभई एकखालको संक्रमण हो । नाकको छेउ र पछाडिको गालाको हड्डी हुन्छ, जसलाई साइनस भनिन्छ ।

साइनसमा पातलो झिल्ल्ली हुन्छ । रुघा वा एलर्जीका कारण साइनसमा संक्रमण हुने गर्छ, जसलाई पिनास भएको भनिन्छ ।
बदिलिँदो मौसमका बेला पिनास हुने सम्भावना अधिक रहन्छ ।

पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ ।

नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डठी बांगो हुँदा सिगान वा फोहोर पदार्थ जमेर बस्छ जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ ।

पिनासका लक्षण

पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र अनुहारको छेउछाउमा दुख्नु हो । बिस्तारै पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्ने जस्तो लक्षण देखिन्छ ।

पिनास भएमा बच्चामा पटक पटक रुघाखोकी लाग्ने र ज्वारो आउने हुन्छ । यसको उपचार समयमै नगरेमा नाकमा मासु पलाउने समस्या हुन सक्छ । विस्तारै संक्रमण फैलँदै आँखामा पुगेर पिप जम्ने तथा अन्य जटिल समस्या देखा पर्न सक्छन् ।

रोकथाम र उपचार

रुघाखोकी लागिरहेमा पनिास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ । नाकमा हुने एलर्जीबाट जोखिनुपर्छ । ‘भिटामिन सी’युक्त खानेकुरा र प्रशस्त पानी पिउने गरेमा पिनासबाट बच्न सकिन्छ ।

धुवाँ–धुलोबाट जोगनुपर्छ । नाकमा समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ ।
सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ । त्यसैगरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ ।

पिनास बढ्दै गएमा आँखा र मस्तिष्कमा समस्या हुने भएकाले संक्रमण भएको ठाउँमा शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ५८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर