पिनासको संक्रमण फैलिए आँखामा पिप जम्न सक्छ, यसरी गर्नुस् रोकथाम र उपचार « Khabarhub

पिनासको संक्रमण फैलिए आँखामा पिप जम्न सक्छ, यसरी गर्नुस् रोकथाम र उपचार


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पिनास कुनै रोग नभई एकखालको संक्रमण हो । नाकको छेउ र पछाडिको गालाको हड्डी हुन्छ, जसलाई साइनस भनिन्छ ।

साइनसमा पातलो झिल्ल्ली हुन्छ । रुघा वा एलर्जीका कारण साइनसमा संक्रमण हुने गर्छ, जसलाई पिनास भएको भनिन्छ ।
बदिलिँदो मौसमका बेला पिनास हुने सम्भावना अधिक रहन्छ ।

पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ ।

नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डठी बांगो हुँदा सिगान वा फोहोर पदार्थ जमेर बस्छ जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ ।

पिनासका लक्षण

पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र अनुहारको छेउछाउमा दुख्नु हो । बिस्तारै पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्ने जस्तो लक्षण देखिन्छ ।

पिनास भएमा बच्चामा पटक पटक रुघाखोकी लाग्ने र ज्वारो आउने हुन्छ । यसको उपचार समयमै नगरेमा नाकमा मासु पलाउने समस्या हुन सक्छ । विस्तारै संक्रमण फैलँदै आँखामा पुगेर पिप जम्ने तथा अन्य जटिल समस्या देखा पर्न सक्छन् ।

रोकथाम र उपचार

रुघाखोकी लागिरहेमा पनिास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ । नाकमा हुने एलर्जीबाट जोखिनुपर्छ । ‘भिटामिन सी’युक्त खानेकुरा र प्रशस्त पानी पिउने गरेमा पिनासबाट बच्न सकिन्छ ।

धुवाँ–धुलोबाट जोगनुपर्छ । नाकमा समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ ।
सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ । त्यसैगरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ ।

पिनास बढ्दै गएमा आँखा र मस्तिष्कमा समस्या हुने भएकाले संक्रमण भएको ठाउँमा शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ५८ बजे

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय