विश्वकप क्रिकेट : भारतको अपराजित यात्रालाई पाकिस्तानले रोक्ने « Khabarhub

विश्वकप क्रिकेट : भारतको अपराजित यात्रालाई पाकिस्तानले रोक्ने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) भारत र पकिस्तानबीचको हाइभोल्टेज म्याच हुदैछ ।

इङ्गन्डको ओल्डट्रफोर्डमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा हुँदैछ । विश्व क्रिकेट प्रशंसकहरले निकै प्रतिक्षा गरेको यो म्याचमा भारत पाकिस्तान दुवै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेका छन् ।

भारत पाकिस्तानबीचको खेल मैदानमा खेलाडीहरुले पनि निकै आक्रमक रुपमा खेल्ने भएकाले यसलाई भारत र पाकिस्तानबीचको द्वन्द मैदानमा ब्याट्समयानहरुले प्रत्यक्ष उतार्ने गर्छन् ।

पछिल्लो समय भारत र पाकिस्तानबीचको द्वन्द बढेपछि भारतले पाकिस्तानसँगको खेल नखेल्ने समचारहरु सार्वजनिक भएका थिए । तर, ती सबै समचार झुटा हुँदै जाँदा यी दुइृ टोली आज म्यान्चेस्रमा आमने सामने हुँदैछन् । पाकिस्तानले भारतको अपराजित यात्राको गतिलाई रोक्ने योजनाका साथ मैदानमा उत्रने तयारी गरेको छ।

अहिलेसम्म भारत र पाकिस्तानबीचको खेलको नतिजा सधै भातरले जित्दै आएको भारतीय टोलीले जितेको छ । जसमा यी दुई टोलीले ६ खेल खेल्दा ६ वटै खेल भारतले जीतेके छ ।

भारतीय टोलीका कप्तान विराट कोहलीले पाकिस्तान टोलीमा राम्रो क्षमतावान खेलाडी रहेको बताउँदै आफ्नो टोलीले टिम खेल खेल्न बताएका छन् ।

‘हामीलाई थाहा छ तिनीहरुको टोलीमा धेरै क्षमतावान खेलाडी छन् । तर, हामीलाई त्यो पनि थाहा छ कि हामीले राम्रो खेल्यो भने टिमले राम्रो गर्न सक्छ,’कप्तानकोहलीले भने,‘हामीले शुरुका दुई खेल पुरा खेल्दै नतिजा आफ्नो पक्षमा पारेका छौं र हामी त्यो चाहान्छौं कि आजको खेलमा नतिजा हाम्रो पक्षमा आओस।’

यस्तै, पाकिस्तानका ब्याट्सम्यान बाबर अजामले आफ्नो टोलीले इङ्ग्ल्यान्डलाई पराजित गरेकाले भारतीय टोलीको तीव्र गतिको बलिङविरुद्ध पनि राम्रो खेल्ने बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ८ : २० बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,