प्रकृतिलाई चुनौती दिँदै नयाँ आविष्कार : रोवर्टसँग बिहे र यौनसम्पर्क « Khabarhub

प्रकृतिलाई चुनौती दिँदै नयाँ आविष्कार : रोवर्टसँग बिहे र यौनसम्पर्क


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रकृतिलाई नै चुनौती दिँदै धेरै भन्दा धेरै आविष्कार भइरहेका छन् । नयाँ प्रविधिको विकाससँगै भएका नयाँ आविष्कारले सबैलाई चकित बनाउने गरेको छ । कुनै समय अन्तरिक्ष यात्राका लागि तयार पारिएको रोवर्ट अहिले मानिसको साथी जस्तो भएको छ । अझ रोचक त यो छ कि अब चाँडै मानिससँग विवाहका लागि तयार हुने गरी पनि रोवर्टको आविष्कार हुँदैछ ।

वैज्ञानिकहरुको दावी मान्ने हो भने सन् २०५० सम्ममा मानिसले रोवर्टसँग बिहे गर्ने छन् । आर्टिफिसिय इन्टेलिजेन्स (एआई) एक्सपर्ट डा.डेभिड लेभी भन्छन्, ‘डा.डेभिडलाई कि त मानिसहरू चेस खेलमा उनको शक्तिलाई चिन्छन् कि त उनको एआईसँगको दशकौं लामो संलग्नताका कारणले चिन्छन् ।’

मानिसले पहिलेदेखि नै रोवर्टसँग सम्बन्धको विकास गरेको भन्दै अब वैवाहिक कार्यक्रमका लागि पनि तयार हुने लेभीले बताए । उनले भने, ‘मानिसहरू पहिल्लेदेखि नै रोबोटसँग शारीरिक सम्बन्ध कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने छ भन्ने कल्पना स्वाभाविक देखिन्छ ।’

यसका लागि तयारी थालेको र अब चाँडै नै मानिससँग शारीरिक सम्बन्ध स्थापना गर्नेगरी रोवर्टको आविष्कारको काम शुरु भएको लेभीले बताए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ०७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता