मनोरञ्जन

बाजे बज्यैको कुरा सुनेर किन रोइन तेरिया

By खबरहब

June 16, 2019

नृत्य गरेर देशविदेशमा परिचत तेरिया मगर निक्कै रमाइलो कुराकानी गर्छिन् । सानैदेखि नृत्य गर्न माहिर उनी भारतीय टेलिभिजन च्यानल कलर्सको टिभी कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता बनेपछि उनको चर्चा चुलियो ।

उनी निक्कै भावुक पनि छन् । आफ्नो करियर बनाउन घर छाडेकी उनी बारम्बार गाउँको सम्झना गर्छिन् । कार्यक्रममा बाहिर जाँदा पनि गाउँघरको रमाइलो यादले सताउने गरेको उनले बताउने गर्छिन् ।

उनले आफूलाई सबैभन्दा रमाइलो लाग्ने चाड तिहार भन्दै गर्दा उनका हजुरबुबा कृष्णबहादुर फौजा मगरले बाल्यकालको कुरा सुनाउँदा तेरियाले आँखाभरि आँसु पारिन । सबैभन्दा प्यारो हजुरबुबालाई उनले बुबा नै भनेर सम्बोधन गर्छिन । सानैमा हजुरबुबासँगै सुत्ने उनी अहिले पनि घर पुगेपछि हजुरबुबासँगै लुटुपुटु हुन्छिन ।

सानैमा स्कुलमा उनले गरेका काम र गतिविधि सुनाउँदा तेरिया निक्कै भावुक बनिन् । सोही कुराकानीमा नातिनीले गहभरि आँसु पारेपछि हजुरआमा सुनादेवीको पनि गला अवरुद्ध भएको थियो ।

नातिनीलाई घरबाहिर पठाउँदा निक्कै गाह्रो हुने गरेको भन्दा तेरिया पनि सुक्क सुक्क गरेकी थिइन ।