व्यासमा कृषिउपज संलन केन्द्र स्थापना « Khabarhub

व्यासमा कृषिउपज संलन केन्द्र स्थापना


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दूध, तरकारी, फलफूललगायत कृषिउपज संकलन गरी सहज रूपमा बजारीकरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

नगरको ३५ लाख ५१ हजार सहयोग र बाँकी जनश्रमदानबाट संकलन गरी ४० लाख ७४ हजार तीन सय ५९ लागतमा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। 

नगरप्रमुख वैकुण्ठ न्यौपानेले मंगलबार उक्त केन्द्र उद्घाटन गर्दै संकलन केन्द्रमार्फत उत्पादक र उपभोक्ता प्रत्यक्ष रूपमा जोडिनुका साथै स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त होस् भन्ने उद्देश्यले केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग संकलन गरिएको उनले बताए।

नगरका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दूध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात गर्नेगरी कृषकले उत्पादन गर्नुपर्नेमा जोड दिए । 

व्यास–१० का वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायत कृषिउपज बिक्रीका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे। 

कृषिउपज संकलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएका यहाँस्थित सिसुवा भतेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए। 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ३ : २३ बजे

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले