सांसदको ध्यानाकर्षण– लोक सेवा आयोगमा दलितको कोटा कम भयो « Khabarhub

सांसदको ध्यानाकर्षण– लोक सेवा आयोगमा दलितको कोटा कम भयो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समावेशी प्रतिनिधित्वअन्तर्गत दलित समुदायको कोटा अपुग भएको भन्दै बढाउन माग उठेको छ ।

आइतबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै नेकपा सांसद सानु सिवाले समावेशी प्रतिनिधित्वका रुपमा लोक सेवा लगायत सरकारी सेवाको पदपूर्तिका लागि आह्वान गरिने विज्ञापनमा न्यून मात्रामा मात्रै दलित कोटा रहेको भन्दै बढाउन सरकार र लोक सेवा आयोगको ध्यानाकर्षण गराइन् ।

‘मनोस्मृति काल (३ हजार वर्ष अगाडि)देखि २००७ सालसम्म दलित समुदाय शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु पर्‍यो, सामन्ती राज्यव्यवस्थाबाट अपहेलित, शोषित र अमानवीय छुवाछुत र विभेदको शिकार हुनुपर्‍यो,’ प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सिवाले भनिन्, ‘दलित समुदायले भोग्नुपरेको विभेदको क्षतिपूर्तिस्वरुप हालको कोटा अपुग भएकाले लोक सेवा आयोगको कोटा दलित समुदायका लागि थप गरी हिसाब किताब मिलाइयोस् ।’

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : ४४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता