कलाकार लगेर मलेसियामा कार्यक्रम गर्दा संयमता अपनाउन दूतावासको आग्रह « Khabarhub

कलाकार लगेर मलेसियामा कार्यक्रम गर्दा संयमता अपनाउन दूतावासको आग्रह


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियास्थीत नेपाली दूतावासले नेपालबाट कलाकार ल्याएर कार्यक्रम गर्दा संयमता अपनाउन आग्रह गरेको छ ।

दूतावासले विभिन्न संघसस्थालाई धार्मिक तथा साँस्कृतिक महोत्सव, विदाको अवसरमा कलाकारहरुलाई निम्ता गरेर कार्यक्रम आयोजना गर्दा संयम अपनाउन आग्रह गरेको हो ।

नेपाली कलाकार बोलाएर धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्दा सम्बन्धित देशको समुदायलाई असर नपार्न दूतावासले विज्ञप्तिमार्फत सूचित गराएको छ ।

धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर मात्र त्यस्ता कार्यक्रम आयोजना गर्न र प्रक्रिया पूरा गरेको जानकारी दूतावासलाई गराउन पनि विज्ञप्तिमा भनिएको छ ।

यसैगरी कार्यक्रम सञ्चालन गर्दा स्थानीय भाषा, धर्म र संस्कृतिका बारेमा ख्याल राख्न र त्यस विपरित कुनै काम नगर्न समेत दूतावासले अपिल गरेको छ ।

मलेसियामा कार्यक्रमका लागि आउने कलाकारलाई सम्वन्धित भिसा (भिजिट पास प्राफेसनल) प्राप्त भएपछि मात्र कार्यक्रममा सहभागि गराउन सम्बन्धी निकायलाई भनिएको छ ।

मलेसियामा केहि दिन अगाडी तीनजना कलाकारसहित केहि नेपाली कार्यक्रमकै दौरान पक्राउ परेका थिए । उनीहरुलाई भिजिट भिसामा गएर कार्यक्रम गरेको अभियोगमा मलेसिया प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ०४ बजे

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६