गुठी विधेयकमा कमिकमजोरी भए सच्चाइन्छ : प्रधानमन्त्री « Khabarhub

गुठी विधेयकमा कमिकमजोरी भए सच्चाइन्छ : प्रधानमन्त्री


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयकमा केहि कमिकमजोरी भए सच्याइने बताएका छन् । एक साता लामो युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले सांस्कृतिक, ऐतिहासिक धरोहर तथा परम्परा र रितिस्थितिका क्षेत्रमा सरकारले गर्नुपर्ने काममा केहि तलमाथि भए त्यसलाई सच्याइने बताए ।

उनले जनताको मन दुखाउने गरी सरकारले कुनै काम नगर्ने पनि स्पष्ट पारे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले गुठीलाई नियमन गर्न विधेयक ल्याएको भन्दै गुठीले गरीबमाथि शोषण गरेको बताए ।

जनताप्रति सरकार उत्तरदायी रहेको भन्दै उनले सरकारले सँधै जनताको हीतमा काम गर्ने भएकाले अब जनताले आन्दोलन गर्ने दिन नआउने पनि बताए ।

गुठी विधेयकका विषयमा प्रतिपक्षी दल तर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले अब विधेयकका विषयमा भएको विरोधको मौका छोपेर फाइदा नउठाउन आग्ह गरे ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना