जग्गाको भोगचलन गर्नेहरुलाई लालपूर्जा उपलब्ध गराउन माग « Khabarhub

जग्गाको भोगचलन गर्नेहरुलाई लालपूर्जा उपलब्ध गराउन माग


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञहरुले भूमिहीनहरुलाई उनीहरुले भोलचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् ।

भूमि अधिकारकर्मी जगत देउजाले वर्षौदेखि भोगचलन गर्दै आएका भूमिहिनहरुलाई सो जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिए ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी समस्या समाधान गर्न पनि भूमिहिनहरुले भोगचलन गर्दै आएको जग्गा उनीहरुलाई दिन उचित हुने तर्क गरे ।

। त्यसैगरी देउजाले मोहियानी हक सुनिश्चित गर्न छुट्टै आयोगको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

भूमि तथा सहकारी विज्ञ केशव बडालले संविधानको मौलिक हकमा भूमिहिन किसानहरुलाई तत्काल जग्गा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई सुनिश्चित हुने गरी कानुन बनाउन सरकारसँग आग्रह गरे ।

उनले कुनै पनि बहानामा भूमिहिनहरुको संवैधानिक अधिकार कटौति गर्ने काम नगर्न पनि सरकार र संघीय संसदलाई सचेत गराए । मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय भूमि सुधार आयोगका अध्यक्ष समेत रहेका बडालले जग्गाको हदबन्दी तोक्ने काममा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

विज्ञहरुले संघ, संस्थाको नाममा भोग चलनका लागि लिइएको जग्गा व्यक्तिले उपयोग गरिरहेको उल्लेख गर्दै त्यस्ता जग्गा पनि मातहतमा ल्याउन सरकारसँग माग गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ३५ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये