प्रधानमन्त्री स्वरोजगार कार्यक्रम– बाँदर कुर्ने जागिर ! « Khabarhub

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम– बाँदर कुर्ने जागिर !


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा–पाल्पामा बाँदरले सताएपछि कृषक हैरान भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न स्थानमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेको छ ।

जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिकका बस्तीमा समेत पसेर घरभित्रैबाट अन्न खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार तथा सेराका किसान बाँदरले खेती खाएपछि हैरान परेको कृषकको भनाइ छ ।

बिहानैदेखि बाँदर घरमै आएर बार्दली तथा कोठामा राखेका मकै ओसार्ने तथा खेतबारीमा भएका तरकारी बाली खाएर नष्ट पारेको गुनासो कृषकको छ ।

रामपुर नगरपालिका–८ का कृषक शिवप्रसाद पङ्गेनीले अम्दाहा खेतमा लगाएको मकै नष्ट पारेपछि चिन्ता लागेको बताए। “हिउँदमा आलु खाएर सत्यानास पार्‍यो, अहिले फेरि एउटा गह्राको मकै खाने तथा च्यातेर नष्ट पार्‍यो कोसँग हारगुहार गर्ने हैरान परियो”, पङ्गेनीले भने । करीब १०० को हाराहारीमा बाँदर आउने र पटक–पटक लखेटे पनि दुःख दिन छाडेको छैन ।

अहिले मकैलगायत बोडी, काक्रा, भिन्डीलगायतका तरकारी खेतबारीमा छन् । अहिलेसम्म आलोपालो गरेर बाँदर बिहानदेखि बेलुकासम्म कुरे पनि खाना खाएका बेला मौका छोप्ने कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ ।

बाँदरले हैरान पारेपछि कालीनदी छेउछाउका केही खेतमा खेती गर्न समेत छाडिएको छ । गाउँका युवा विदेशिने, घरमा रहेका महिला, बालबालिका तथा वृद्धवृद्धाले बिहानदेखि बेलुकासम्म बाँदर कुर्न तथा लखेट्न समस्या भएपछि केही खेत बाझै रहेको कृषकको भनाइ छ ।

गत वर्ष बगनासकाली गाउँपालिकामा एक महिलालाई आक्रमण गरेको थियो भने अहिले फेरि तानसेन नगरपालिका–१३ छेर्लुङका एक महिलालाई गम्भीर घाइतेसमेत बनाएको छ । बगनासकाली गाउँपालिका पाल्पाले बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर बाँदर नियन्त्रण समिति गठन गरे पनि खासै प्रभावकारी भएको छैन ।

रामपुर नगरपालिकाले बाँदर नियन्त्रणका लागि अनुरोध गर्दै गत वर्ष कृषकको निवेदन परेको जानकारी दिएको छ । नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गत वर्ष बाँदर नियन्त्रणका निम्ति रु तीन लाख बजेट विनियोजन गरे पनि कसरी लैजाने भन्ने मेसो नभएका कारण सो रकम विकास निर्माणका काममा खर्च गरेको बताए ।

नगर प्रमुख थापाले अब भने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रामपुरमा लागू गर्ने समयमा बाँदर कुरुवा राखेर उसका निम्ति रोजगार पनि हुने, बाँदर नियन्त्रण पनि हुने हुँदा यस्तो विचार गरेको बताए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १ : २६ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।