लोकसेवाप्रति रहेको जनविश्वासलाई गुम्न दिन हुँदैन– राष्ट्रपति « Khabarhub

लोकसेवाप्रति रहेको जनविश्वासलाई गुम्न दिन हुँदैन– राष्ट्रपति


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगको कामकारवाहीको खुलेर प्रशंशा गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय र सुझाव दिन पनि आग्रह गरिन् ।

आयोगको ६९ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित विशेष समारोह राष्ट्रपति भण्डारीले समृद्ध नेपाल निर्माण गर्न सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको पनि स्मरण गराइन् । लोक सेवा आयोगले परीक्षण पद्धतिलाई समय सापेक्ष बनाउने प्रयास गरिरहेको पनि राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले संवैधानिक अंगको रुपमा रहेको लोक सेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि गरिन् ।

त्यस अवसरमा उहाँले कर्मचारीहरुलाई राष्ट्रको आर्थिक तथा सामाजिक उन्नति तथा प्रगतिमा समर्पित भएर जुट्न पनि आह्वान गरिन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : १८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल