दोहोरो करको मारमा एग्रोभेट व्यवसायी | Khabarhub Khabarhub

दोहोरो करको मारमा एग्रोभेट व्यवसायी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताएका छन् । कानूनसम्मत व्यवसाय चलाउँदा विभिन्न १० निकायमा कर तिर्नु परेको भन्दै उनीहरुले व्यवसायीको हितका लागि सहजीकरण गरिदिन स्थानीय सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घलाई अनुरोध गरेका छन् ।

मर्यादित, साङ्गठनिक र व्यवस्थित व्यवसायका लागि आइतबार आयोजना गरिएको छलफल कार्यक्रममा अधिकांश व्यवसायीले फरकफरक निकायमा कर तिर्न जानुपर्दा झन्झटिलो र खर्चिलो भएको धारणा व्यक्त गरे ।

एग्रोभेट व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर बुढोथोकीले एग्रोभेट व्यवसायीले वार्षिकरुपमा आन्तरिक राजश्व कार्यालयमा दुई हजार ५००, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत विषादी समितिमा रु ५००, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतकै बीउबिजन समितिमा रु ५०० तिर्ने गरेको बताए ।

त्यस्तै रासायनिक मल बिक्रीको अनुमतिका लागि कृषि ज्ञान केन्द्रमा ५००, घरेलु तथा साना उद्योग विकास समितिमा एक हजार, उद्योग वाणिज्य सङ्घमा ५००, औषधि व्यवस्था विभागमा दुई हजार ५००, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ५०० र गुणस्तर तथा नापतौल विभागमा ५०० कर तिरिरहेको उहाँको भनाइ छ ।

जिल्लाको मुसीकोट नगरपालिकाले पनि वार्षिक दुई हजार ५०० कर लिने निर्णय गरेको एग्रोभेट व्यवसायीले जनाएका छन् । सबैतिर गरेर वर्षमा ११ हजार ५०० कर तिर्नु परेको एग्रोभेट सञ्चालकको गुनासो छ । फरकफरक निकायमा कर तिर्नुपर्दा आफूहरु मारमा परेको एग्रोभेट व्यवसायी सङ्घका सदस्य नवराज केसीले बताए ।

आफूहरु राज्यलाई कर तिर्न तयार रहेको तर स्थानीय, प्रदेश र सङ्घीय सरकारअन्तर्गतका फरकफरक निकायमा कर तिर्नुपर्दा खर्चिलो र झण्झटिलो हुने गरेको उनको भनाइ छ । एकै ठाउँमा वार्षिक कर बुझाउने व्यवस्था भएमा आफूहरुलाई सहज हुने व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५३ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले