शेयर बजार दोहोरो अङ्कले घट्यो | Khabarhub Khabarhub

शेयर बजार दोहोरो अङ्कले घट्यो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा पुगेको छ । नेप्से परिसूचक घटेपनि कारोवार रकममा भने सामान्य वृद्धि भएको छ । कूल १७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता शेयर रु ४७ करोड २५ लाख २० हजार ८११ मा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ७.१३, होटल २७.५७, विकास बैंक ११.९२, जलविद्युत् १०.८१, वित्त ६.७१, निर्जीवन बीमा १११.०३, उत्पादन ७.१३, लघुवित्त ३०.२, जीवन बीमा ३५.४५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको प्रतिकित्ता रु ३२४ को दरले रु दुई करोड ९५ लाख ८० हजार ५६४ मा कारोबार भयो । यस्तै शिवम् सिमेन्टको प्रतिकित्ता रु ६४६ मा रु दुई करोड ५५ लाख १६ हजार ५७८, सिद्धार्थ बैंक रु दुई करोड ५४ लाख ६६ हजार ७६८, कृषि विकास बैंक प्रतिकित्ता रु ४०४ मा रु एक करोड ८१ लाख ६७ हजार ६२१ र एनआइसि एशिया बैंकको प्रतिकित्ता रु ४५१ मा रु एक करोड ६० लाख ९० हजार ९४० मूल्यमा शेयर खरीद बिक्री भए ।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.७५ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ६.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.८९, हिमालयन ऊर्जा विकास कम्पनी ४.११, सपोर्ट माइक्रोफाइनाान्स वित्तीय संस्था ३.८३ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका शेयरधनीले २.६८ प्रतिशतले कमाए ।

यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७.८७, विजय लघुवित्त वित्तीय संस्था ६.६०, आँखु खोला जलविद्युत् कम्पनी कम्पनी ६.२५, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.२०, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९५, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७६ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.४२ प्रतिशतले गुमाए ।

स्टकमा आज दुई कम्पनीको शेयर मूल्य समायोजना भयो । सगरमाथा इन्स्योरेन्स कम्पनीले ६८ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रु ६८१ मा मूल्य समायोजन गरेको हो । कम्पनीको औसत बजार मूल्य रु एक हजार १५ रहेको छ ।

त्यस्तै गरी कामना सेवा विकास बैंकको पनि शेयर मूल्य समायोजन भएको छ । बैंकले १.५० प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रु १६२ मा मूल्य समायोजन भएको हो । बैंकको औसत शेयर मूल्य रु १६९ रहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : ५३ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले