माउरिजियो सारी तीन वर्षका लागि युभेन्टसमा « Khabarhub

माउरिजियो सारी तीन वर्षका लागि युभेन्टसमा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक माउरिजियो सारी इटालियन सिरी ‘ए’ को च्याम्पियन युभेन्टसको प्रशिक्षकमा नियुक्त भएका छन् ।

आइतबार सारीलाई आधिकारीक रुपमा युभेन्ट्सको प्रशिक्षकमा युभेन्टसले नियुक्त गरेको अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेको छ । सारीले युभेन्ट्ससँग ३ वर्षको सम्झौता गरेर क्लबमा आवद्ध भएका हुन् ।

नापोलीबाट जुलाई २०१८ मा चेल्सी आएका सारीले इंग्लिस क्लबलाई प्रिमियर लिगमा तेस्रो स्थानसम्म पुर्याएका थिए भने एक वर्ष इन्चार्ज भएका उनले युरोपा लिगको उपाधि जिताउन समेत महत्वपूर्ण भूमिका निभाएका थिए ।

६० वर्षीय सारीलाई प्रशिक्षक लागि दुवै क्लबले आपसी समझदारीमा हस्ताक्षर गरेको जनाइए पनि कति रकममा उनलाई आवद्ध गरिएको हो भन्ने खुलाइएको छैन ।  युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले गएको सिजनको समाप्तिसँगै क्लब छाडेपछि सारीलाई क्लबले भित्र्याएको हो । गएको जुलाईमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो पनि युभेन्टस पुगेका थिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : २२ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका