रोहितको शतकमा भारतद्वारा पाकिस्तानलाई ३३७ रनको लक्ष्य « Khabarhub

रोहितको शतकमा भारतद्वारा पाकिस्तानलाई ३३७ रनको लक्ष्य


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ३सय३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पूरा खेल खेल्दै ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको हो ।

म्यान्चेस्टरमा भएको वल्र्ड ट्राफोर्डमा भएको खेलमा भारतका लागि ओपनिङ ब्याट्सयान रोहित शमाले शतक प्रहार गर्दा केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक पुरा गरे । जसमा ओपनिङ ब्याट्सम्यान द्वयले १ सय ६३ रनको साझेदारी पारी खेलेका थिए । त्यसै क्रममा सर्वाधिक १ सय ४० रन बनाएका रोहितले १४ चौका र ३ छक्का प्रहार गरेका थिए भने राहुलले ५७ रन बनाए ।

कप्तान विराट कोहलीले ६५ बलको सामना गर्दै ७ चौको मद्दतमा ७७ रन बनाए भने हार्दीक पाण्ड्याले २६ रन र विजय शंकरले १५ रन बनाए । भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको पाकिस्तानले भारतको पहिलो विकेटका लागि २४ ओभरसम्म कुर्नु पर्यो । पाकिस्तानलाई पहिलो सफलता वाहब रियाजले दिलाए । भारतविरुद्ध पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिए । यस्तै, हसिम अलि र रियाजले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ५५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी