ल्याटिन अमेरिकामा विद्युत सेवा अवरुद्ध हुँदा करोडौं प्रभावित « Khabarhub

ल्याटिन अमेरिकामा विद्युत सेवा अवरुद्ध हुँदा करोडौं प्रभावित


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्युनर्स आयर्स– उरुग्वे र अर्जेन्टिनासहित अन्य ल्याटिन अमेरिकी मुलुकमा विद्युत सेवा अवरुद्ध हुँदा करोडौं मानिसहरु प्रभावित भएका छन् ।

एडेसुर नामक विद्युत सेवा कम्पनीको सञ्जालमा समस्या आएका कारण ६ करोडभन्दा धेरै प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ल्याटिन अमेरिकी मुलुकहरुको विद्युत सेवामा गडबडी भएपछि अर्जेन्टिना र उरुग्वेका अधिकांश क्षेत्र तथा ब्राजिल, चिली र पाराग्वेका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा रेल तथा ट्राफिक लाइट प्रभावित भएको तथा दशौं लाख घरहरु विद्युतबाट बञ्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एडेसुर नामक विद्युतीय कम्पनीको विद्युत सेवामा गडबडी आएको जनाइएको छ ।

एडेसुरले विद्युत सेवा अवरुद्ध हुनुको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : २६ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको