पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिदाइ भेटवार्ता भएको छ ।

चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबीच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो ।

पूर्वप्रधानमन्त्री खनालले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत सोङलाई बधाई दिँदै दुई मुलुकबीच सहयोग तथा सम्बन्ध विस्तार गर्न उनले निर्वाह गरेको भूमिका एवं योगदानको सराहना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सो अवसरमा राजदूत सोङले आगामी दिनमा दुवै मुलुकको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत सोङ आफ्नो कार्यकाल पूरा गरी चीन फिर्ता हुन लागेका छन् । ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १० : ०८ बजे

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको

कुमारी बैंक र महिला उद्यमी महासंघ नेपालबीच साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत