ल्याटिन अमेरिकामा विद्युत सेवा अवरुद्ध हुँदा करोडौं प्रभावित « Khabarhub

ल्याटिन अमेरिकामा विद्युत सेवा अवरुद्ध हुँदा करोडौं प्रभावित


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्युनर्स आयर्स– उरुग्वे र अर्जेन्टिनासहित अन्य ल्याटिन अमेरिकी मुलुकमा विद्युत सेवा अवरुद्ध हुँदा करोडौं मानिसहरु प्रभावित भएका छन् ।

एडेसुर नामक विद्युत सेवा कम्पनीको सञ्जालमा समस्या आएका कारण ६ करोडभन्दा धेरै प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ल्याटिन अमेरिकी मुलुकहरुको विद्युत सेवामा गडबडी भएपछि अर्जेन्टिना र उरुग्वेका अधिकांश क्षेत्र तथा ब्राजिल, चिली र पाराग्वेका केही क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत सेवा अवरुद्ध हुँदा रेल तथा ट्राफिक लाइट प्रभावित भएको तथा दशौं लाख घरहरु विद्युतबाट बञ्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एडेसुर नामक विद्युतीय कम्पनीको विद्युत सेवामा गडबडी आएको जनाइएको छ ।

एडेसुरले विद्युत सेवा अवरुद्ध हुनुको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : २६ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय