चीनले अमेरिकालाई दियो चेतावनी-आगोसँग खेल्ने दुस्साहस नगर्नु « Khabarhub

चीनले अमेरिकालाई दियो चेतावनी-आगोसँग खेल्ने दुस्साहस नगर्नु


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-पछिल्लो समय २ शक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापारिक क्रियाकलापका कारण दूरी बढ्दो अवस्थामा छ । त्यसको पछिल्लो उदाहरण हो अमेरिकाले ताइवानलाई हतियार बेच्न गरेको सम्झौतापछि चीनले अमेरिकालाई दिएको चेतावनी ।

चीनले ताइवानलाई २ खर्ब ४० अर्ब बढीको हतियार र ट्याङ्क बेच्नका लागि सम्झौता गर्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएको छ।

चीनले ट्रम्प प्रशासनको यो निर्णयलाई चीनको सम्प्रभुता र राष्ट्रिय सुरक्षाको खतरा बताएको छ । चीन सरकारले अमेरिकाको यो कदम आगोसँग खेल्नु जस्तै भएको बताएको छ ।

पेन्टागनले शुक्रबार अमेरिकी विदेश विभागले ताइवानलाई १०८ अब्राहम ट्याङ्क र २५० स्टिंगर मिसाइलको बिक्री गर्न अनुमति दिएको र यो सम्झौताले क्षेत्रमा सैन्य सन्तुलनमा कुनै असर नपर्ने जानकारी दिएको थियो । तर चीनले आपत्ति जताउँदै सम्झौता रद्द गर्न माग गरेको छ ।

ताइवानकी राष्ट्रपति साई ईंग–वेन अमेरिका र क्यारेबियाली देशको यात्रामा भएका बेला चीनको यस्तो बयान आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेंग शुआंगले भने, ‘अमेरिकाले आधिकारिक रुपमा एक चीन नीतिलाई मान्यता दिएको थियो तर ताइवानसँग भएको हतियार सम्झौताले यो सिद्धान्तको उल्लंघन गरेको छ । ताइवानलाई हतियार बेच्ने कम्पनीमाथि चीनले प्रतिबन्ध लगाउनेछ ।’

शुक्रबार बुडापेस्टको भ्रमणमा रहेका चीनका शीर्ष कुटनीतिज्ञ वाङ् यीलाई ताइवानसम्बन्धि प्रश्न सोध्दा वासिङ्टनले आगोसँग खेल्न नहुने चेतावनी दिएका छन् ।

उनले चीनको एकीकरणमा कसैले पनि रोक्न नसक्ने र कुनै पनि विदेशी शक्तिले यसमा अवरोध निम्त्याउने चेष्टासमेत गर्न नहुने बताएका छन् ।

यस्तै, अमेरिकी विदेश विभागले चीनको यो बयानमाथि टिप्पणी गर्न अस्विकार गरेको छ । कम्पनीले पनि यसबारे कुनै जवाफ दिएको छैन । ताइवानसँग हतियार बेच्ने सम्झौता गरेपछि चीनको अमेरिकालाई चेतावनी, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नु’।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ६ : ५५ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा