के गर्भावस्थामा नरिवल खाँदा साँच्चै बच्चा गोरो जन्मिन्छ ? केही भ्रम र यथार्थ यस्ता छन् | Khabarhub Khabarhub

के गर्भावस्थामा नरिवल खाँदा साँच्चै बच्चा गोरो जन्मिन्छ ? केही भ्रम र यथार्थ यस्ता छन्


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् ।

कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् ।

कुनै वैज्ञानिक आधारविनाका यस्ता अवधारणाहरु कहिलेकाहीँ घातक हुन सक्छन् । यहाँ हामी यस्ता केही भ्रम र तिनीहरुको यथार्थ प्रस्तुत गर्दैछौं ।

भ्रमः गर्भावस्थामा उल्टी हुनु एकदमै सामान्य कुरा हो ।

यथार्थः यो सत्य हो कि गर्भावस्थाका प्रारम्भिक दिनहरुमा उल्टी हुनु एकदम सामान्य हो । तर, यसलाई धेरै हल्कारुपमा भने लिनु हुँदैन । लामो समयसम्म उल्टी भइरह्यो भने गर्भवती महिलालाई मात्र होइन, पेटभित्रको बच्चालाई पनि असर गर्न सक्छ । यस्तो अवस्थामा डाक्टरको परामर्श लिनुपर्छ ।

भ्रमः गर्भवती महिलाले नरिवल खाए गोरो बच्चा जन्मिन्छ ।

यथार्थः नरिवल यस्तो फल हो जुन रेशायुक्त हुन्छ । यसको सेवन गर्भाजस्थामा लाभदायक पनि हुन्छ । तर, बच्चा गोरो वा कालो हुनुसँग यसको केही पनि भूमिका हुन सक्दैन ।

भ्रमः गर्भावस्थामा महिलाले दुई गुणा खानुपर्छ ।

यथार्थः गर्भावस्थाका दौरान महिलाको वजन धेरै बढ्यो भने डेलिभरी जटिल हुन सक्छ । यथार्थ के हो भने यस दौरान हरेक महिलालाई केवल ३ सय अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ ।

भ्रमः गर्भवती महिलाले एक्सरसाइज गर्दा बच्चालाई हानी गर्छ ।

यथार्थः यो एकदम गलत धारणा हो । यथार्थ यसको ठिक विपरित छ । डाक्टरहरु भन्छन् कि गर्भावस्थामा कुनै प्रोफेसनलको निगरानीमा नियमित एक्सरसाइज गर्नु राम्रो हुन्छ ।

भ्रमः ३० वर्षभन्दा बढिको हुनुहुन्छ भने गर्भवती हुने सम्भावना क्षीण हुन्छ ।

यथार्थः अहिलेका महिलाहरु आफ्नो करिअरप्रति अत्यन्त सजक छन् । त्यही भएर आमरुपमा उनीहरु ३० वर्षपछि मात्रै आमा बन्न चाहन्छन् । ३० वर्षपछि आमा बन्नु कुनै गाह्रो काम होइन । एग फ्रिजिङ र आइभिएफ प्रविधिले यसलाई झनै सजिलो बनाइदिएको छ ।

भ्रमः यदि सूर्य वा चन्द्र ग्रहणका क्रममा गर्भवती महिलाले कुनै काम गरिन् भने बच्चा अपांग जन्मिन्छ।

यथार्थः यो बिल्कुल फजुल कुरा हो । यसको कुनै पनि बैज्ञानिक आधार छैन।

भ्रमः यदि डेलिभरीपछि पेटमा कुनै कसिलो बेल्ट बाँधियो भने पेट घट्छ ।

यथार्थः यो निराधार हो । यथार्थ के हो भने यदि डेलिभरीपछि महिलाको पेटलाई कसिलो बेल्टले बाँधियो भने रक्तसञ्चारमा बाधा भएर घातकसिद्द हुन सक्छ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : ४९ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि