आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन   « Khabarhub

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गर्दै ‘अनसीन’ नामक पप-अप प्रदर्शनी उद्‌घाटन गरेको छ। शुक्रबार सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत छन्।

क्युरेटर कैलाश के. श्रेष्ठद्वारा तयार गरिएको प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता झल्काएको छ। आकार फाउन्डेशनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाहरूको परिणामस्वरूप अन सीनको सिर्जना भएको हो।

प्रदर्शनीमा प्रस्तुत कलाकृतिहरू कलाकारहरूको व्यक्तिगत अनुभूति, खोज–अनुसन्धान र सहज प्रयोग–अनुभवलाई झल्काउँछन्। रंग, रेखा, अमूर्त आकार र दृश्य संरचनाहरू मार्फत कलाकारहरूले आफ्नै तरिकाले संसार बुझ्ने दृष्टिकोण देखाएका छन्।

क्युरेटर कैलाश के. श्रेष्ठले भने, ‘अन सीन अटिजमसँग सम्बन्धित मात्र होइन, यो आफ्नै तरिकाले संसार बुझ्ने कलाकारहरूको प्रदर्शनी हो। यसले कलालाई पहिचान र सम्भावनाको माध्यमका रूपमा प्रस्तुत गर्छ।’

अघिल्लो संस्करणमा सहभागी कलाकारहरूले नौ वटा कलाकृति बिक्री गर्न सफल भएका थिए, जसले उनीहरूको पहिलो आम्दानी सुनिश्चित गरेको थियो। यस संस्करणले तिनीहरूलाई थप अवसर, पहिचान र सृजनात्मक उन्नतिको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

आर्टुडियोको नयाँ पाटन विंगलाईअन सीनबाट सुरु गर्नु समावेशी सहकार्य र सामुदायिक सशक्तिकरणको संकेत हो। यसले नेपालमा समकालीन कला र न्युरोडाइभर्स सृजनात्मकताबारे नयाँ बहसको थालनी गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ३८ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको