गुण्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ | Khabarhub Khabarhub

गुण्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंका व्यापारी, व्यवसायी र उद्योगीसँग चन्दा असुल्ने तथा धम्याउने राजेन्द्र लामा पक्राउ परेका छन् । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यवसायीहरुले नै बढी धम्की आउने गरेको गुनासो गरेपछि लामालाई पक्राउ गरिएको हो । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा यस अघि पनि पक्राउ परेका थिए । अनेरास्ववियूका एक नेतालाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका उनले ३ वर्षे जेलजीवन बिताएका थिए ।

उनी कोटेश्वर, बानेश्वरलगायतका क्षेत्रमा रहेका टोले गुण्डका रुपमा परिचित छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी परिचालन भएकाले जनतालाई धम्क्याउने र दु:ख दिने प्रहरीको निगरानीमा छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ८ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’