मोबाईलबाटै खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तो तस्वीर ! « Khabarhub

मोबाईलबाटै खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तो तस्वीर !


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना र प्रविधिले फड्को मारेपनि धेरै कुरामा हामी अनविज्ञ छौं । हामीसँग साधान भए पनि त्यसको सही प्रयोग गर्न जानिरहेका हुँदैनौं ।

अहिले सबैको हात हातमा स्मार्टफोन हुन्छ । त्यसबाट पनि उच्च क्वालिटीको फोटो खिच्न मिल्छ । जुन तपाईलाई जानकारी नहुन सक्छ । तपाईको स्मार्ट फोनबाटै डिएसएलआर क्यामराले खिच्ने जस्तै उत्कृष्ट क्यावालीटीको फोटो पनि खिच्न सकिन्छ ।

डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ । त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं ।

गूगल प्ले स्टोर सजिलै प्राप्त गर्न सकिने एप्स र एप्सका फिचरहरु-

Camera Zoom FX:

क्यामेरा जुम एफएक्स एपको साइज ५ एमबी छ । यो क्यामेरा जुम एफएक्स एपमा फिचर्सको बारेमा कुरा गर्दा डीप जुम,स्लाइडर शट,एचडी कोलेज जस्ता फिचर्स समाबेश छन् । यसको सहयोगले एकदमै राम्रा तस्बिरहरु लिन सकिन्छ ।

Camera Connect & Control:

यदि तपाई फोटोग्राफीको सौखिन हुनुहुन्छ र आफ्नो स्मार्टफोनबाट उत्कृष्ट फोटो तयार गर्न चाहनुहुन्छ भने तपाइले यो एप्स डाउनलोड गर्न सक्नहुन्छ । एपको साइज ६.४ एमबी छ । यसले तपाइको स्मार्टफोनको क्यामेरालाई कन्ट्रोल गर्छ ।

Adobe Photoshop Lightroom CC:

मोबाइलबाट उत्कृष्ट फोटोग्राफीको लागि यो एडब फोटोसप लाइटरुम सिसिको मद्दत लिन सकिन्छ ।  यसको साइज ५७ एमबी छ । यसकारण यसलाई वाई-फाई नेटवर्कमा डाउनलोड गर्न उपयुक्त हुन्छ ।

VSCO:

यो एपबाट पनि उत्कृष्ट फोटोग्राफी गर्न सकिन्छ । यसको मद्दतमा फोटोहरुको क्वालिटी डिएसएलआर बाट लिएको फोटो जस्तै बनाउन सकिन्छ । यो एपले फोटो क्वालिटी बढाउँछ , एपमा एडीटीङ र अन्य धेरै स्पेशल इफेक्ट्स दिइएको छ । यसको साथमा सोशल मिडिया शेयारिङ अप्सन पनि दिइएको छ । यदि तपाईलाई फोटोग्राफीको सौख छ भने तपाईलाई अवश्य पनि यो उपयोगी हुन् सक्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : १२ बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा