मोबाईलबाटै खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तो तस्वीर ! « Khabarhub

मोबाईलबाटै खिच्न सकिन्छ डिएसएलआर क्यामराकै जस्तो तस्वीर !


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सूचना र प्रविधिले फड्को मारेपनि धेरै कुरामा हामी अनविज्ञ छौं । हामीसँग साधान भए पनि त्यसको सही प्रयोग गर्न जानिरहेका हुँदैनौं ।

अहिले सबैको हात हातमा स्मार्टफोन हुन्छ । त्यसबाट पनि उच्च क्वालिटीको फोटो खिच्न मिल्छ । जुन तपाईलाई जानकारी नहुन सक्छ । तपाईको स्मार्ट फोनबाटै डिएसएलआर क्यामराले खिच्ने जस्तै उत्कृष्ट क्यावालीटीको फोटो पनि खिच्न सकिन्छ ।

डिएसएलआर क्यामरा सबै सँग नहुन पनि सक्छ त्यस्तो अवस्थामा स्मार्टफोनबाट फोटोग्राफी गर्न सकिन्छ । त्यसको लागि गूगल प्ले स्टोरबाट विभिन्न एप्सहरुको मद्दत लिएर डिएसएलआर क्यामेराको जस्तै क्वालिटी भएको फोटो लिन सक्छौं ।

गूगल प्ले स्टोर सजिलै प्राप्त गर्न सकिने एप्स र एप्सका फिचरहरु-

Camera Zoom FX:

क्यामेरा जुम एफएक्स एपको साइज ५ एमबी छ । यो क्यामेरा जुम एफएक्स एपमा फिचर्सको बारेमा कुरा गर्दा डीप जुम,स्लाइडर शट,एचडी कोलेज जस्ता फिचर्स समाबेश छन् । यसको सहयोगले एकदमै राम्रा तस्बिरहरु लिन सकिन्छ ।

Camera Connect & Control:

यदि तपाई फोटोग्राफीको सौखिन हुनुहुन्छ र आफ्नो स्मार्टफोनबाट उत्कृष्ट फोटो तयार गर्न चाहनुहुन्छ भने तपाइले यो एप्स डाउनलोड गर्न सक्नहुन्छ । एपको साइज ६.४ एमबी छ । यसले तपाइको स्मार्टफोनको क्यामेरालाई कन्ट्रोल गर्छ ।

Adobe Photoshop Lightroom CC:

मोबाइलबाट उत्कृष्ट फोटोग्राफीको लागि यो एडब फोटोसप लाइटरुम सिसिको मद्दत लिन सकिन्छ ।  यसको साइज ५७ एमबी छ । यसकारण यसलाई वाई-फाई नेटवर्कमा डाउनलोड गर्न उपयुक्त हुन्छ ।

VSCO:

यो एपबाट पनि उत्कृष्ट फोटोग्राफी गर्न सकिन्छ । यसको मद्दतमा फोटोहरुको क्वालिटी डिएसएलआर बाट लिएको फोटो जस्तै बनाउन सकिन्छ । यो एपले फोटो क्वालिटी बढाउँछ , एपमा एडीटीङ र अन्य धेरै स्पेशल इफेक्ट्स दिइएको छ । यसको साथमा सोशल मिडिया शेयारिङ अप्सन पनि दिइएको छ । यदि तपाईलाई फोटोग्राफीको सौख छ भने तपाईलाई अवश्य पनि यो उपयोगी हुन् सक्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : १२ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित