दयाहाङ राईको ‘आप्पा’ ले कति कमाइ गर्‍यो ? « Khabarhub

दयाहाङ राईको ‘आप्पा’ ले कति कमाइ गर्‍यो ?


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले दर्शकको औसत प्रतिक्रिया पाइरहेको छ । यो फिल्म नेपालसहित भारतका केही सिनेमा घरमा पनि रिलिज भएको थियो ।

यो फिल्मले तेस्रो हप्तासम्म आइपुग्दा १ करोड ३० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको वितरण कम्पनी स्टेशन फाइभले जनाएको छ ।

निर्देशनको दाबीलाई आधार मान्ने हो भने यो फिल्मले भारतका २५ वटा सिनेमा हलबाट १ करोड ८८ लाख भारु (नेपाली ३ करोड ९७ हजार) रुपैयाँ कलेक्सन गरेको छ ।

यो आँकडालाई भने विश्वसनीय मानिएको छैन ।

फिल्मका निर्देशक अनमोल गुरङका अनुसार यो फिल्मले पहिलो सातामा राम्रो प्रदर्शन गरेको छ । फिल्मले मल्टिप्लेक्स हलमा अहिले पनि केही शो पाएको छ ।

बाबुछोराको सम्बन्धलाई देखाइएको यो फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्मलाई अनमोल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।

दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्म अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : २३ बजे

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११:०० बजे

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष

निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

काठमाडौं– सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ