अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति थापा स्वदेश फिर्ता « Khabarhub

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति थापा स्वदेश फिर्ता


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणमा अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापा मंगलबार स्वदेश फर्किएका छन् ।

करिब ९ दिनको अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रधानसेनापति थापा अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा ब्रिटिस आम्र्ड फोर्सले असार २५ गते आयोजना गरेको प्रथम महिला, शान्ति र सुरक्षा सञ्जालसम्बन्धी बैठक र संयुक्त राष्ट्रसंघ सचिवालयले असार २६ गते आयोजना गरेको तेस्रो रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन अमेरिका भ्रमणमा गएका थिए ।

अमेरिका भ्रमणका क्रममा थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट पदाधिकारी तथा अमेरिकी रक्षा विभागमा युएस आम्र्ड फोर्स भाइस चेयरम्यान अफ ज्वाइन्ट चिफ अफ स्टाफ जनरल पाउल जे सेल्भासँग भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागअन्तर्गत दक्षिण एसिया विभाग हेर्ने पदाधिकारीहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको सेनाको विश्वास छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : ५५ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा