अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति थापा स्वदेश फिर्ता « Khabarhub

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति थापा स्वदेश फिर्ता


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणमा अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापा मंगलबार स्वदेश फर्किएका छन् ।

करिब ९ दिनको अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रधानसेनापति थापा अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा ब्रिटिस आम्र्ड फोर्सले असार २५ गते आयोजना गरेको प्रथम महिला, शान्ति र सुरक्षा सञ्जालसम्बन्धी बैठक र संयुक्त राष्ट्रसंघ सचिवालयले असार २६ गते आयोजना गरेको तेस्रो रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन अमेरिका भ्रमणमा गएका थिए ।

अमेरिका भ्रमणका क्रममा थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट पदाधिकारी तथा अमेरिकी रक्षा विभागमा युएस आम्र्ड फोर्स भाइस चेयरम्यान अफ ज्वाइन्ट चिफ अफ स्टाफ जनरल पाउल जे सेल्भासँग भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति थापाले अमेरिकी रक्षा विभागअन्तर्गत दक्षिण एसिया विभाग हेर्ने पदाधिकारीहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको सेनाको विश्वास छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १ : ५५ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र