बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त « Khabarhub

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति राष्ट्रसंघका महासचिवद्वारा दु:ख व्यक्त


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले अबिरल वर्षासँगको बाढी, पहिरो र डुवानबाट नेपालसहित दक्षिण एसियाका देशहरु प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसका सहायक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी जीवन तथा घरवार सम्पत्ति गुमाएका नेपाल, भारत, बंगलादेश र म्यानमारका जनताप्रति सहानुभूति व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले बाढी, पहिरो तथा डुवान प्रभावित देश र जनतालाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसंघ तयार भएको बताएका छन् ।

उनले बाढी, पहिरो र डुवानमा परी जीवन गुमाउनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  २ : १७ बजे

भारतीय प्रधानमन्त्री मोदीद्वारा जापानी समकक्षी किसिदासँग भेटवार्ता

काठमाडौँ- भारत र जापानका प्रधानमन्त्री बीच मङ्गलबार जापानको राजधानी टोकियोमा

संविधान उल्लङ्घन साहसिक कदम हुन्छ र !

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने

लागूऔषधसहित तीन जना पक्राउ

धनगढी– लागूऔषधसहित कैलाली प्रहरीले धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ

गुनासो भए टोल फ्री नम्बरमा जानकारी दिन महानगरकाे आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ

केराको बिमा रकम नपाएपछि किसान आन्दोलित

बारा– बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बिमा रकम