विश्वकप खेल्ने लक्ष्य भेट्टाउन मलेसियामा पसिना बगाउँदै नेपाली क्रिकेट टोली (फोटोफिचर) « Khabarhub

विश्वकप खेल्ने लक्ष्य भेट्टाउन मलेसियामा पसिना बगाउँदै नेपाली क्रिकेट टोली (फोटोफिचर)


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला मलेसियामा छ । सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया फाइनलको अभ्यासका लागि नेपाली टोली मलेसिया पुगेको हो ।

आज (मंगलबार) नेपाली टोलीले मलेसियाको किनरारा ओभलमा अभ्यास पूरा गरेको छ । जसमा नेपाली टोलीका कप्तानदेखि युवा खेलाडीहरु असिन पसिन भएको देख्न सकिन्छ ।

विश्वकप क्रिकेट खेल्ने लक्ष्यमा रहेको नेपाली टोलीले नयाँ प्रशिक्षकमा उमेश पटवाललाई पाएपछिको यो प्रतियोगिता पहिलो हो । अभ्यासका क्रममा खेलाडीहरुले ब्याटिङ बलिङ र फिल्डिङमा अभ्यास गरेका छन् भने प्रशिक्षकसँगको छलफल पनि गरेका छन् ।

जुलाई ९ मा मलेसिया पुगेको नेपाली टोली २० जुलाईमा सिंगापुर जाने तालिका रहेको छ । सिंगापुरमा छनोट प्रतियोगिता जुलाई २० मा शुरु भएर २९ जुलाईसम्म चल्ने छ । जसमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । उक्त प्रतियोगितामा नेपालले पहिलो खेल कतारसँग जुलाई २३ मा खेल्नेछ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  २ : ३२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्