विश्वकप खेल्ने लक्ष्य भेट्टाउन मलेसियामा पसिना बगाउँदै नेपाली क्रिकेट टोली (फोटोफिचर) | Khabarhub Khabarhub

विश्वकप खेल्ने लक्ष्य भेट्टाउन मलेसियामा पसिना बगाउँदै नेपाली क्रिकेट टोली (फोटोफिचर)


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला मलेसियामा छ । सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया फाइनलको अभ्यासका लागि नेपाली टोली मलेसिया पुगेको हो ।

आज (मंगलबार) नेपाली टोलीले मलेसियाको किनरारा ओभलमा अभ्यास पूरा गरेको छ । जसमा नेपाली टोलीका कप्तानदेखि युवा खेलाडीहरु असिन पसिन भएको देख्न सकिन्छ ।

विश्वकप क्रिकेट खेल्ने लक्ष्यमा रहेको नेपाली टोलीले नयाँ प्रशिक्षकमा उमेश पटवाललाई पाएपछिको यो प्रतियोगिता पहिलो हो । अभ्यासका क्रममा खेलाडीहरुले ब्याटिङ बलिङ र फिल्डिङमा अभ्यास गरेका छन् भने प्रशिक्षकसँगको छलफल पनि गरेका छन् ।

जुलाई ९ मा मलेसिया पुगेको नेपाली टोली २० जुलाईमा सिंगापुर जाने तालिका रहेको छ । सिंगापुरमा छनोट प्रतियोगिता जुलाई २० मा शुरु भएर २९ जुलाईसम्म चल्ने छ । जसमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । उक्त प्रतियोगितामा नेपालले पहिलो खेल कतारसँग जुलाई २३ मा खेल्नेछ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  २ : ३२ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै