भारतको मुम्बईमा १०० वर्ष पुरानो भवन भत्किँदा १२ जनाको मृत्यु « Khabarhub

भारतको मुम्बईमा १०० वर्ष पुरानो भवन भत्किँदा १२ जनाको मृत्यु


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय राज्य महाराष्ट्रको मुम्बईमा भएक भवन भत्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भवनमा अझै पनि ४० देखि ५० जनासम्म च्यापिएका हुनसक्ने आशंका गरिएको छ ।

मुम्बईको डोंगरी क्षेत्रमा ४ तले भवन भत्किँदा १२ जनाको मृत्यु भएको र ५ जनालाई सकुशल उद्दार गरिएको इन्डिया टुडेले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उक्त भवन १०० वर्ष पुरानो भएको बताएका छन् ।

भारतको केन्द्रीय गृह मन्त्रालय मातहत रहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले भवनमा च्यापिएका व्यक्तिको उद्दार प्रयास गरिरहेको जनाइएको छ ।

स्थानीय प्रहरी र उद्दारकर्मीले भवनमा च्यापिएका व्यक्तिको खोजी जारी राखेका छन् भने घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  २ : ५७ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र