अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्धको मुद्दामा क्रिस गेलको ‘जीत’ « Khabarhub

अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्धको मुद्दामा क्रिस गेलको ‘जीत’


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रिकेटका ‘युनिभर्सल बोस’का रुपमा चिनिने क्यारेबियन खेलाडी क्रिस गेलले अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्ध दायर गरेको मानहानीको मुद्दामा ‘जीत हात पारेका’ छन् ।

अस्ट्रेलियाबाट प्रकाशित हुने ३ वटा पत्रिकाले आफूविरुद्ध झुटो समाचार लेखी मानहानी गरेको भन्दै गेलले गालीबेइज्जतिको मुद्दा दायर गरेका थिए ।

गेलले दायर गरेको मुद्दामा क्षतिपूर्तिवापत आफूले ३ लाख अस्ट्रेलियन डलर पाउनुपर्ने दावी गरेका थिए ।

सन् २०१५ मा सिड्नी मर्निङ हेरल्ड, द एज र ब्यान्बर टाइम्सले वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान गेल एक महिला मसाजकर्ताका अगाडि नाङ्गै बसेको दाबी गर्दै समाचार प्रकाशन गरेका थिए ।

गेलले उक्त समाचारमा सत्यता नभएको भन्दै गाली वेइज्जती मुद्दा दर्ता गरेका थिए । जुन उनले जितेका छन् ।

तीनवटै पत्रिकाले गेललाई तिनुपर्ने भनिएको क्षतिपूर्तिको निर्णयविरुद्ध पुनरावेदन हालेका थिए । तर, अदालतले भने तीनवटै पत्रिकाको दावी अस्वीकार गर्दै गेलका पक्षमा फैसला सुनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ४ : १८ बजे

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो