ठगीमा परेका कामदारले न्याय पाउन सकस– मानव अधिकार आयोग « Khabarhub

ठगीमा परेका कामदारले न्याय पाउन सकस– मानव अधिकार आयोग


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारका हकमा लागू भएको फ्रि–भिसा र फ्रि–टिकट नाम मात्र भएको राष्ट्रिय मानव अधिकार आयोगको एक रिपोर्टले औँल्याएको छ । वैदेशिक रोजगारका क्रममा ठगीमा परेका व्यक्तिले न्याय पाउन धेरै सकस हुने गरेको आयोगको रिपोर्टले देखाएको छ ।

आप्रवासी कामदारहरुको अधिकारको अवस्था विषयक अनुसन्धान रिपोर्टमा वैदेशिक रोजगारमा जाने शतप्रतिशतले सरकारले तोकेको १० हजारभन्दा बढी रकम तिर्नु परेको उल्लेख गरेको छ । उनीहरुले फ्रि–भिसा र फ्रि–टिकट लागू भएका देश जान कम्तीमा ७० हजारदेखि बढीमा २ लाख १० हजारसम्म तिरेको अध्ययन रिपोर्टमा भनिएको छ ।

अध्ययनका क्रममा अन्तर्वार्ता लिइएका मध्ये ६७ प्रतिशतले आफूलाई १० हजार रुपैयाँको मात्र रसिद म्यानपावरले दिएको बताएका थिए । यस्तै १८ प्रतिशतले आफूलाई कुनै पनि रसिद नदिइएको बताएका थिए । यसैगरी १३ प्रतिशत व्यक्तिले आफूलाई यसका बारेमा थाहा नभएको (परिवारका सदस्यहरु उत्तरदाता रहेको अवस्था) बताएको रिपोर्टमा उल्लेख छ ।

अध्ययनमा संलग्न मध्ये ९० प्रतिशतले आफूलाई दोहोरो सम्झौता गर्न बाध्य पारिएको बताएका थिए । आयोगले गरेको अनुसन्धानमा वैदेशिक रोजगारका क्रममा समस्यामा परेका मध्ये ५७ प्रतिशतलाई उजुरी कहाँ गर्ने भन्ने ज्ञान नहुने गरेको पाइएको छ ।

यसैगरी न्याय प्राप्तिको प्रक्रिया लामो हुनु, पीडितसँग प्रमाणको अभाव हुनु र वैदेशिक रोजगार विभागमा पीडित मैत्री व्यवहार नहुनुलाई अनुसन्धानले समस्याका रुपमा औंल्याएको छ । रिपोर्टले वैदेशिक रोजगार विभागबाट गरिने अनुसन्धान कमजोर रहेको भन्दै यसमा सुधार गर्न सुझाव दिएको छ ।

हालसम्म विभागमा परेका १६ हजार उजुरी मध्ये ४ हजार ५ सय ९३ अर्थात २८ प्रतिशत मात्र फरफारक भएको र भएका फैसलामध्ये पनि केवल १० प्रतिशत मात्र कार्यान्वयन भएको देखिएको हुँदा न्यायको प्राप्ती चुनौतिपूर्ण नै रहेको देखिएको आयोगको निश्कर्ष छ ।

वैदेशिक रोजगारमा भनिएअनुसार काम र तलब नपाउने समस्या ठूलो देखिएको छ । आयोगको अनुसन्धानको नेतृत्व गरेका मुख्य अनुसन्धानकर्ता रामेश्वर नेपालका अनुसार अनुसन्धानका क्रममा ५५ प्रतिशतभन्दा धेरैमा तलब सम्बन्धी ज्ञान पनि नहुने गरेको पाइएको जानकारी दिए । यस्तै ३६ प्रतिशतले आफूलाई भनिएभन्दा फरक काममा लगाएको बताएका थिए ।

अन्तर्वार्ता गरिएकामध्ये ५६ प्रतिशतले अत्यधिक समय काम लगाएको बताएको उनले जानकारी दिए । यसैगरी कानूनमा एजेण्टको व्यवस्था हटाइएकोले एजेण्टहरुबाट हुने गैरकानूनी क्रियाकलापलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न पनि आयोगले सुझाव दिएको छ ।

मेनपावर कम्पनीहरुलाई तिरेको रकमको भरपाई प्रमाण वैदेशिक रोजगारीमा जानेहरुलाई उपलब्ध गराउने व्यवस्था गर्न, तालिम प्रदान गरेर दक्ष बनाएर मात्र वैदेशिक रोजगारीमा कामदार पठाउन सरकारलाई आयोगको अध्ययनले सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ०४ बजे

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम

काठमाडौं– नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी

मनिष झाको अभिव्यक्ति सापटी लिँदै निश्कलले सोधे, ‘प्रधानमन्त्रीले क्लास बङ्क गर्न मिल्छ ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसद्लाई बेवास्ता गरेपछि विपक्षी दलहरूले

एक महिनापछि जाग्यो संसदीय समिति, सुकुम्वासी राखिएको होल्डिङ सेन्टर अनुगमनमा जाने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी