भ्रष्टाचार रोक्ने निकायमै भ्रष्टाचारी! « Khabarhub

भ्रष्टाचार रोक्ने निकायमै भ्रष्टाचारी!


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचार नियन्त्रण, नियमन र दोषीमाथि कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै शंकाको घेरामा पर्न थालेको छ ।

आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको प्रकरण सार्वजनिक भएसँगै अख्तियारको कामकारबाहीमाथिको विश्वसनीयतामा प्रश्न उठेको छ ।

मुद्दा मिलाउने नाममा आयुक्त पाठकसहितका कर्मचारीले नै बार्गेनिङ गरेर ‘सेटिङ गर्ने’ र व्यक्तिगत दुस्मनीका कारण मुद्दा लगाएर बदनाम गराउनेसम्मका काम अख्तियारबाट हुने गरेको यसले पुष्टि गरेको खबरलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

त्यस्तै मोबाइलले खोल्यो सुनको पोल शीर्षकमा लेखिएको समाचारमा भारतबाट ल्याएको साढे २३ किलो सुन बरामदको मुख्य हतियार मोवाइल भएको छ । मोबाइलमा भएको सम्वादका आधारमा उक्त सुन बरामद गरिएको नागरिकमा उल्लेख छ ।

अपरिपक्व कूटनीति शीर्षकको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षको कामलाई समीक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दा सरकारको काम देखेर विश्व चकित भएको बताउने गरे पनि एक वर्षको अवधिमा गरेका कूटनीतिक अभ्यासबाट आश्चर्यचकित हुनुपर्ने कुनै कारण नरहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको