सडकमा फालिएको प्लास्टिकबाट बन्छ मोबाइलको ब्याट्री « Khabarhub

सडकमा फालिएको प्लास्टिकबाट बन्छ मोबाइलको ब्याट्री


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–नेपालमा प्लास्टिकका झोला प्रयोगका विभिन्न निकायले प्रतिबन्ध लगाइरहेका छन् । तर, अमेरिकाको पाड्यु युनिभर्सिटीले एक पटक प्रयोग गरिएको प्लास्टिकको झोलालाई प्रयोग गर्ने मोबाइल तथा अन्य इलेक्टोनिक्स डिभाइसमा प्रयोग गर्न सकिने ब्याट्रि बनाउन सकिने पत्ता लगाएको छ ।

लामो समयसम्मको खोज तथा अध्ययनपछि एक पटक प्रयोग गरिएको प्लास्टिकको झोलाबाट कार्वन उत्पादन गरी ब्याट्रि बनाउन सकिने पत्ता लागेको छ । एक पटक प्रयोग गरेर फाल्दा प्रदूषण बढ्नुका साथै वातावरणीय पर्यावरका लागि घातक सावित भएको प्लास्टिक ब्यागको महत्व बढ्ने देखिएको छ।

प्लास्टिक ब्यागबाट धेरै मात्रामा कार्बन पाउन सकिने अध्ययनबाट खुलेको छ । तर, शुद्ध कार्बन निकाल्न भने निक्कै कठिन हुनेछ ।

यसरी प्रयोग गरिनेछ प्लास्टिकको ब्याग

अध्ययन अनुसार सबैभन्दा पहिला संकलित प्लास्टिक ब्यागलाई सल्फ्युरिक एसिडमा हालिनेछ । त्यसपछि यसलाई साल्बोथर्मल रिएक्टर भित्र राखिन्छ ।

त्यसलाई विस्तारै तताएर पगालिन्छ । त्यसपछि पालिईलिलिन कार्ब बैंकबोनमा सल्फोरिक एसिड हालेर बाहिर ग्यास ननिस्कने गरी तताईन्छ ।

त्यसपछि रिएक्टरमार्फत सल्फोनेटेड पालिईथिलिनलाई हटाएर शुद्ध कार्बन निकालिन्छ । त्यसलाई भट्टीमा लगेर तताइन्छ । यति भएपछि कार्बनलाई एक कालो पाउडरमा राखेर लिथियम आयन ब्याट्रि बनाउन प्रयोग गरिन्छ ।

यसरी तया पारिएको ब्याट्रि पनि अन्य ब्याट्रिजस्तै काम गर्न सक्ने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  २ : ०६ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण