नेपालीको घर बनाउन जापानी विद्यार्थीको श्रमदान ! | Khabarhub Khabarhub

नेपालीको घर बनाउन जापानी विद्यार्थीको श्रमदान !


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन् ।

सहारा गर्ने कोही नभएको विक दम्पत्तीको घर गाउँपालिका र सहारा नेपालले घर बनाइदिने भएपछि ह्याविट्याड संस्थामार्फत जापानको राजधानी टोकियोस्थित बासेदा युनिभर्सिटीका १७ जना विद्यार्थी स्वयंसेवकका रूपमा आएका हुन् । ह्याविट्याडका आलोक खतिवडाको नेतृत्वमा आएको उक्त टोलीले नौ दिनमा दलबहादुर विकको घर निर्माण गरेको थियो ।

गौरीगञ्जका ३५ विपन्न तथा दलित परिवारलाई तीन कोठाको घर निर्माण गर्ने सहमति गरिएको थियो । गौरीगञ्ज–४ को बेलगाछी, बालुगाउ सतार बस्तीका ११, वडा नं ५ को हरिराको मुसहर बस्तीमा १२ र वडा नं ६ को दमाइँ बस्तीमा आठलाई एकीकृत बस्ती योजनाअन्तर्गत रु एक लाख ५० हजारको लागतमा प्रतिघर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

पहिलो चरणमा ३५ घर मात्र निर्माण गर्न लागिएको र यो योजनालाई क्रमिकरूपमा अगाडि बढाइने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । जग्गा नभएका परिवारलाई जग्गा उपलब्धका लागि गाउँपालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकामा कोही पनि घरपरिवार विहीन नहोस् भन्ने उद्देश्यले यो योजना अघि सारिएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

एकै खालका घर निर्माण हुन लागेको र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्त्रीबाहेक उपभोक्ता आफैँ लाग्नुपर्ने सहारा नेपाल गौरीगञ्ज सेवा केन्द्रका प्रबन्धक उमेश भारतीले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  २ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’