ज्योतिषका संघ–संस्थाको आग्रह– मनगढन्ते फलादेशको पछि नलाग्नुहोस् « Khabarhub

ज्योतिषका संघ–संस्थाको आग्रह– मनगढन्ते फलादेशको पछि नलाग्नुहोस्


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिष सम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् ।

विश्व ज्योतिष महासङ्घ, दक्षिण एशियाली ज्योतिष महासङ्घ र नेपाल ज्योतिष परिषद्ले संयुक्तरुपमा गठन गरेको अनुगमन समितिले एक वक्तव्य जारी गर्दै सो आग्रह गरेको हो ।

ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख नभएका तथा पुराना ज्यातिषको अनुभव भन्दा फरक किशिमले फलादेशबारे प्रचार–प्रसार गरिएको पाइएको अनुगमन समिति संयोजक एवं वाल्मीकि विद्यापीठ ज्योतिष विषयका उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले बताए ।

यस्तो विज्ञापन केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत फैलिएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिबाट जोगिन सर्वसाधारणलाई सुझाव दिए । साथै शास्त्रीय मर्यादा विपरीत प्रचार–प्रसार गरी जनतालाई भ्रममा पार्न खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनसमेत समितिले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : ०६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले