अब १ डलर मै किन्न पाइन्छ घर « Khabarhub

अब १ डलर मै किन्न पाइन्छ घर


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदी तपाईंलाई कफीको मूल्यमा कसैले घर किन्न पाइन्छ भन्यो भने हास्नु हुन्छ होला । तर यो वास्तविकता हो, त्यो पनि यूरोपमा ।

युरोपको इटलीमा १ डलर (करिब ११० रुपैयाँ)मा घर किन्न पाइने नयाँ योजना त्यहाँको सरकारले ल्याएको छ । त्यो पनि समुद्र तटमा । निकै राम्रो दृश्य देख्न पाइने यो स्थानमा यति सस्तोमा घर किन्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मानिसहरु पलायन हुन थालेपछि इटलीको एक शहरले एक डलरमा घर दिने योजना अघि सारेको हो ।

इटलीको सारदिनिया शहरमा १ डलरमा पाइने छ । मेडिटेरियन टापुको सारदिनियामा समुद्रको किनारामा शानदार दृश्य देख्न पाइने स्थानमा घर बेच्न लागिएको हो । यो शहरलाई विरानो र सुनसान हुनबाट बचाउनका लागि त्यहाँको सरकारले यस्तो अनौठो योजना ल्याएको हो ।

के हो शर्त ?

एक डलरमा घर किन्नका लागि केही शर्तहरु राखिएको छ । जसका लागि पहिला ५ हजार पाउण्डको रिफन्डेबल सिक्युरेटी जम्मा गर्नुपर्ने हुन्छ । यसपछि नयाँ घरका मालिकलाई तीन वर्ष भित्र घरलाई जिर्णोद्धार गर्नुपर्छ ।

त्यसपछि रिफन्डेबल सिक्योरिटीको रकम फिर्ता लिन पाइन्छ ।

यो शहरलाई प्राचीन युनानीहरुले बसाएका थिए । जसलाई विरानो हुनबाट जोगाउन सरकारी अधिकारीहरुले यस्तो अनौठो स्किम ल्याएका हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ३ : ४० बजे

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल