यस कारण गरिन्छ शिवलिंगको पूजा | Khabarhub Khabarhub

यस कारण गरिन्छ शिवलिंगको पूजा


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पूजा गर्ने गरिन्छ ।

लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ ।

लिंग पुजा गर्नुका केही कारण यस्ता छन्

  • शिवलिंग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।
  • शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।
  • शिवलिंगका बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दावी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दावी गरे । त्यसपछि त्यहाँ एक विशाल लिंग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लिङ्गको समाप्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ । दुवै जना विपरित दिशामा शिवलिंगको समाप्ति खोज्न निक्लिए । तर उनीहरुलाई कुनै समाप्ति मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् ।
  • शिवलिंगको उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिंगको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ४ : ४७ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

देवघाटमा मलामी गएका युवा नदीमा बेपत्ता

चितवन – मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन्