बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकिङ क्षेत्रमा  देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा निजी क्षेत्रका उद्योगी व्यवासायीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले बैंकको ब्याजदरबारे निकै गुनासा आएको भन्दै द्विपक्षीय छलफल गरी आवश्यक काम गर्न अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएका हुन् ।

बैंकिङ क्षेत्र र उद्योगी–व्यवसायीलाई सँगै राखेर छलफल गरी समस्या समाधान गरिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सहमति हुन नसके सरकारले हस्तक्षप गर्नसक्ने बताए । प्रधानमन्त्री ओलीले उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो र अनुत्पादनक क्षेत्रमा ब्याजदर धेरै हुनुपर्नेमा पनि जोड दिए ।

छलफलमा महासंघकी अध्यक्ष भवानी राणाले वित्तीय क्षेत्रमा भएको लगानीयोग्य रकमको अभाव र ब्याजदरले उद्योगी–व्यवसायी मर्कामा परेको बताइन् । उनले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न निजी क्षेत्र पनि प्रतिवद्ध रहेको बताइन् ।

अर्थमन्त्री युवराज खतिवडाले बैङ्क र उद्योग दुबै फस्टाउन सक्ने गरी सरकारले काम गर्ने बताए । छलफलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायतको उपस्थिति रहको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : १९ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई