बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकिङ क्षेत्रमा  देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा निजी क्षेत्रका उद्योगी व्यवासायीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले बैंकको ब्याजदरबारे निकै गुनासा आएको भन्दै द्विपक्षीय छलफल गरी आवश्यक काम गर्न अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएका हुन् ।

बैंकिङ क्षेत्र र उद्योगी–व्यवसायीलाई सँगै राखेर छलफल गरी समस्या समाधान गरिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सहमति हुन नसके सरकारले हस्तक्षप गर्नसक्ने बताए । प्रधानमन्त्री ओलीले उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो र अनुत्पादनक क्षेत्रमा ब्याजदर धेरै हुनुपर्नेमा पनि जोड दिए ।

छलफलमा महासंघकी अध्यक्ष भवानी राणाले वित्तीय क्षेत्रमा भएको लगानीयोग्य रकमको अभाव र ब्याजदरले उद्योगी–व्यवसायी मर्कामा परेको बताइन् । उनले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न निजी क्षेत्र पनि प्रतिवद्ध रहेको बताइन् ।

अर्थमन्त्री युवराज खतिवडाले बैङ्क र उद्योग दुबै फस्टाउन सक्ने गरी सरकारले काम गर्ने बताए । छलफलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायतको उपस्थिति रहको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ७ : १९ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।