भारतले पाकिस्तानमाथि कस्तो आक्रमण गर्ला ? | Khabarhub Khabarhub

भारतले पाकिस्तानमाथि कस्तो आक्रमण गर्ला ?


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको जम्मु– कश्मीरस्थित पुलवामा आतंकबादी हमलामा ४० भन्दा बढी सुरक्षाकर्मी मारिएपछि भारतभर आक्रोश छाएको छ । पाकिस्तानी गुप्तचर संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) को अदृष्य सहयोग प्राप्त जैस–ए–मोहम्मद आतंकवादी समूहले आत्माघाती आक्रमण गरी आफ्ना सुरक्षाकर्मी मारेपछि भारत पाकिस्तानविरुद्धका सम्भाव्य कदमको लेखाजोखा गरिरहेको छ ।

कश्मीर हमलाका लागि पाकिस्तानलाई जिम्मेवार ठहर्‍याउँदै भारत बदलामा पाकिस्तानमाथि बलियो सन्देश दिन चाहन्छ । सन्देश बलपूर्ण सैन्य र कुटनीतिक दुबै हुनेछ जसका लागि भारतले उपयुक्त समय कुरिरहेको छ । भारतमा सुरक्षाकर्मी मारिएपछि त्यहाँको सरकारमात्र होइन जनस्तरसम्मै पाकिस्तानविरोधी प्रतिशोधको बादल मडारिएको छ । भारतमा राष्ट्रिय स्तरमै आक्रोश छाएकाले प्रधानमन्त्री नरेन्द्र मोदी तत्कालै पाकिस्तानमाथि कारबाही गर्नुपर्ने ठूलो दबाबमा छन् । मोदी अहिले पाकिस्तानमाथिको सम्भाव्य कारबाहीमा राष्ट्रिय सहमति जुटाउन लागिरहेका छन् ।

भारतले अवश्य पनि पाकिस्तानमाथि जवाफी सैन्य कारबाही गर्नेछ, तर त्यो कति ठूलो स्तरमा हुनेछ भन्ने अहिल्यै आकलन गर्न सकिंदैन  । तर जिम्मेवारपूर्ण र ठूलो युद्ध भड्काउने किसिमको पनि हुने छैन । भारतले आफ्नो ठूलो संख्यामा सुरक्षाकर्मीहरु सीमावर्ती क्षेत्रमा तैनाथ गरेको छ भने पाकिस्तानले पनि आफ्नो सैन्यलाई सर्तक अवस्थामा राखेको छ ।

आणविक हतियारसम्पन्न दुवै देशले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहे पनि ठूलो युद्ध नै भने चाहिरहेका छैनन् । भारतीय सेनाको मनोबल, सैन्य क्षमता, सम्भाव्य पाकिस्तानी प्रतिक्रियाको लेखाजोखा गर्दै तयारी थालेपछि पाकिस्तानी सेना पनि सतर्क अवस्थामा सीमानामा तैनाथ छ ।

भारत र पाकिस्तान दुबै अमेरिकी साझेदार देशहरु हुन् । हाल दुबै देशसँग अमेरिका सन्तुष्ट छैन । भारतको रुस, इरान र भेनेजुयलासँगको सम्बन्धमा रुष्ट रहेपनि अमेरिका पाकिस्तानी गुप्तचर संस्था आइएसआइको अदृष्य नियन्त्रणमा रहेको आतंकवादी संगठन जैस ए मोहम्मदले भारतमा आक्रमण गरेपछि पाकिस्तानसंग रुष्ट छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनले आफ्ना भारतीय समकक्षी अजित दोभाललाई टेलिफोन गरी भारतको आतंकवादविरुद्धको कदममा साथ दिने बचन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानको बढ्दो चीनसँगको हिमचिम र आतंकवादी समूहहरुसँगको गोप्य साँठगाठले अमेरिका पाकिस्तानलाई अविश्वसनीय ठान्दछ ।

सबै सम्भावनाको आकलन गरेर भारतीय सुरक्षा रणनीतिकारहरु परिस्थिति नभड्काई पाकिस्तानलाई आश्चर्यचकित सैन्य सन्देश दिन चाहिरहेका छन् । मोदीले बदलाको समय, स्थान र तरिकाबारेको निर्णय गर्ने अधिकार सेनालाई सुम्पेको समाचारहरुमा जनाइएको छ ।

भारतीय सेना पक्कै पनि आफ्नो बहादुरीपना देखाउन पाकिस्तानभित्र कुनै प्रकारको कारबाही चलाउने तर युद्धनै भने नभड्काउने शैली अपनाउने मनस्थितिमा छ । भारतीय संस्थापन पाकिस्तानको कश्मीरमा रहेका भारतविरोधी आतंकबादी समूहहरुको निशानामा हमला गरेर पाकिस्तानी सैन्य अधिकारीहरुको व्यबहारमा परिवर्तन ल्याउन चाहन्छन् ।

तर उनीहरु पाकिस्तानी सेनामाथि नै ठूलो हमला गरेर अर्को ठूलो युद्ध भने नम्त्याउन चाहँदैनन् । सानो सीमावर्ती क्षेत्रमा हुने हमलाले नै अर्को ठूलो युद्ध गर्ने मनस्थितिमा दुबै देश छैनन् ।

सन् २०१६ को सेप्टेम्बरमा पाकिस्तानी गुप्तचर संस्था आइएसआइले सहयोग गरेको यही समूहले कस्मीरको उरीमा रहेको सैन्य हवाई अड्डामा आक्रमण गरेपछि त्यसको बदलामा भारतीय सैन्यले पाकिस्तानभित्रै पसेर सर्जिक स्ट्राइक गरेका थियो ।

अहिले पनि त्यस्तै आक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पाकिस्तानी सैन्य सर्तक अवस्थामा रहेकाले त्यस्तै शैलीको आक्रमण यसपटक सहज छैन । पाकिस्तानलाई सवक सिकाउन भने भारतीय सेना पनि आतुर छ ।

उता आतंकवादविरुद्धको विश्वव्यापी अमेरिकी युद्धलाई सन् २००१ देखि नै साझेदार बनेको पाकिस्तान चीनतिर ढल्केर ठूलो ऋण लिएपछि अमेरिका क्रुद्ध छ । अफगानिस्तानमा अमेरिकी सुरक्षा र स्वार्थमाथि पाकिस्तानले निर्देशन गरी हमला भइरहेको ठान्ने अमेरिकामा डोनाल्ड ट्रम्पले नेतृत्वलिएसँगै पाकिस्तानमाथि निरन्तर दबाब जारी राखेको छ ।

अमेरिका पाकिस्तानलाई आतंकवादी समूहहरुसंगको साँठगाँठ त्याग्न सन् २००८ मा लश्करे तोइबाले भारतीय आर्थिक राजधानी मुम्बईमा गरेको हमलादेखि नै दबाब दिए पनि बेवास्ता गरिरहेको छ । भारतको आग्रहमा जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्ने, यात्रा प्रतिबन्ध गर्ने तथा सम्पत्ति रोक्का गर्ने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिका, ब्रिटेन र फ्रान्सले सहयोग गरे पनि चीनले भिटो प्रयोग गरी रोकिदिएको थियो ।

भारत अजहरलाई पाकिस्तानले सुपुदर्गी गरोस् भन्ने चाहन्छ भने पाकिस्तानी गुप्तचर संस्था यही समूहलाई प्रयोग गरी कश्मीरमा अशान्ति ल्याउन प्रयोग गरिरहेको छ । अमेरिका पाकिस्तानी गुप्तचरको आतंकवादी समूहहरुको साँठगाँठ र आफ्ना विरोधी देशहरुमा उनीहरुको प्रयोग गरी त्रास फैलाउने पाकिस्तानको गतिविधिप्रति आजित छ र भारतले कुनै प्रकारको सैन्य सन्देश देओस् भन्ने चाहन्छ ।

पाकिस्तानी गुप्तचरकै सहयोग प्राप्त तालिवानले अफगानिस्तानमा अमेरिकी सेनामाथि हमला गरिरहेका छन् ।  जैस ए मोहम्मदको पछिल्लो हमलापछि भारतले पाकिस्तानविरुद्धको सैन्य बदलासँगै, अन्तर्राष्ट्रिय समुदायमा एक्ल्याउने तथा कुटनीतिक पहल पनि गर्नेछ ।

भारतले पुन: जैश–ए–मोहम्दका प्रमुखलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्न तत्कालै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा प्रस्ताव गर्नसक्छ जसलाई अमेरिका र उसका साझेदारले सहयोग गर्नेछन् । चीन भने पाकिस्तानसँगको सम्बन्ध मजबुत बनाउन प्रस्तावलाई भिटो अधिकार प्रयोग गरी रोक्न सक्छ ।

चीनले सुरक्षा परिषद्मा साथ नदिएमा भारत अमेरिकासँग नजिक हुन सक्छ । यही आक्रमणपछिका घटनाक्रमले चीन र भारतबीचको सम्बन्धमा तिक्तता ल्याउसक्छ जुन मोदी सरकारले यसअघि चाहिरहेको थिएन ।

सन् १९७१ को पाकिस्तानबाट बंगलादेश टुक्रयाउने युद्ध बाहेक भारत र पाकिस्तानबीच कश्मीरकै विषयमलाई लिएर दर्जनौं पटक सीमावर्ती युद्ध र तीन पटक ठूलो युद्ध भइसकेका छन् । पाकिस्तानमै क्रियाशील आतंकबादी समूहले भारतमा आक्रमण गरेपछि अधिकांश अन्तर्राष्ट्रिय समर्थन भारतलाई जानेछ जसले गर्दा भारतीय निश्चित आक्रमणको ठूलो प्रतिकार गर्दा पनि पाकिस्तानमाथि नै दबाब बढ्नेछ ।

कश्मीरमा पाकिस्तानी गुप्तचरले समर्थन गरेको आतंकवादी समूहले भारतीय सैन्यमाथि आक्रमण गरी ठूलो क्षति पुर्‍याएपछि क्रुद्द बनेको भारतले पाकिस्तानमाथि अब कस्तो कारबाही गर्ला जनचासोको विषय बनेको छ ।

भारतले पाकिस्तानमाथि दबाब बढाउँदै सानै तहको भए पनि सैन्य कारबाहीमार्फत बदला लिने निश्चित छ । त्यो ‘सर्जिकल स्ट्राइक’, कश्मीरको सीमा क्षेत्रमा ‘आर्टिलरी हमला’ र पाकिस्तानले समर्थन गरिरहेको सीमा क्षेत्रका आतंकारीहरुको अड्डाहरुमा ‘क्षेप्यास्त्र हमला’ या अन्य कुनै प्रकारका साना हलमा गरेर बदला लिन सक्छ । तर भारत जोखिम मोलेर पाकिस्तानसँग विध्वंसकारी युद्ध गर्ने मनासायमा देखिंदैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ६ : ५७ बजे

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो

सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई

काठमाडौं- न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दा वर्तमान

आजका समाचार : श्रमिक दिवसदेखि टी-२० विश्वकप खेल्ने टोली घोषणासम्म

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ प्रधानमन्त्री पुष्पकमल