काठमाडौं– भारत प्रशासित कस्मिरको पुलवामा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरएफ)को बसमाथि आतंकवादी हमला भएपछि भारतभर आक्रोश छाएको छ । ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जानेगरी भएको हमलामा पाकिस्तानी पक्षको हात रहेको भारतले आरोप लगाइरहेको छ ।
कस्मिर आक्रमणका सम्बन्धमा भारतीय पक्षले लगाएको आरोपलाई पाकिस्तानले भने सिधै इन्कार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मूद कुरेसीले घटनाप्रति निन्दा गर्दै भारतीय पक्षले लगाएको आरोप गलत भएको प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानको जियो समाचार च्यानलसँगको कुराकानीमा विदेशमन्त्री कुरेसीले भनेका छन्, ‘यो जुन घटना भयो यसको म निन्दा गर्दछु । हिंसाको बाटो हाम्रो थिएन र छैन पनि ।’
पाकिस्तानी विदेशमन्त्री कुरेशीले उक्त आक्रमणका सम्बन्धमा भारतले विशेष अनुसन्धान गर्नुपर्ने राय व्यक्त गरेका छन् । ‘भारतले अहिलेसम्म यो मामिलामा कुनै खोज गरेको छैन । यत्तिकै पाकिस्तानमाथि आरोप लगाइएको छ,’ कुरेशीले भनेका छन् ।
प्रतिक्रिया