प्रधानमन्त्री थकित हुनुभएको हो, स्वास्थ्य ठीक छ : विष्णु रिमाल | Khabarhub Khabarhub

प्रधानमन्त्री थकित हुनुभएको हो, स्वास्थ्य ठीक छ : विष्णु रिमाल


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा उपचार गरेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्रीकै स्वास्थ्यका कारण हिजो (बिहीबार)का लागि बोलाइएको नेकपा सचिवालयको बैठक आज (शुक्रबार) ३ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री सरकारको बाक्लो कामको धपेडीका कारण थकित भएको भन्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधामन्त्रीको स्वास्थ्य ठीक रहेको बताएका छन् ।

रिमालले भनेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो । जसका कारण सचिवालय बैठक एक दिनका लागि स्थगित भयो। यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ । उहॉ बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ।’

रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद पनि दिएका छन् ।

रिमालले बिहीबार राति प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिँदै गरेको ट्वीट यस्तो छ:

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ६ : ४० बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध