मौसम अपडेट : यो साता देशभर पानी पर्ने | Khabarhub Khabarhub

मौसम अपडेट : यो साता देशभर पानी पर्ने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको न्यून चापीय रेखा औसत स्थानमा छ र उत्तर तिर सर्ने क्रम अझै जारी रहेकाले देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी र मध्य भू-भाग नजिक एउटा न्यून चापीय प्रणाली रहेको र यो प्रणाली पश्चिम तिर सर्ने क्रममा रहेको रहेको महाशाखाको भनाई छ। मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँने भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने गर्दछ।

महाशाखाका अनुसार देशको केही स्थानहरुमा आज (शुक्रबार) पनि मेघगर्जन /चट्याङ्ग सहितको वर्षा हुने सम्भावना छ । मेघगर्जन /चट्याङ्ग दुवै हुने सम्भावना रहेका कारण विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । देशको एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनु पर्ने महाशाखाले जनाएको छ । यसका साथै सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार साताको शुरु शुक्रवार, शनिबारलाई मानिन्छ । साताको मध्य भन्नाले आइतबार, सोमबार, मंगलबार तथा साताको अन्त्य भन्नाले बुधबार, बिहिबार बुझाउने भन्दै महाशाखाले देशको पूर्वी र मध्य भूभागहरुमा साताको शुरु र अन्त्यमा सामान्यदेखि पूर्ण बदलि र साताको मध्यमा आंसिकदेखि सामान्य बदलि रहने तथा पश्चिमि भूभागमा साताभरि नै आंसिक देखि सामान्य बदलि रहने सम्भावना रहेको जनाएको छ ।

त्यस्तै साताको शुरुमा धेरै स्थानहरुमा मेघ गर्जनसहित केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ | साताको अन्त्यमा मध्य र पूर्वी भूभागको केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ । साताको शुरुमा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साताको अन्त्यमा मध्य र पूर्वी भूभागको स्थानहरुमा एक./ दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले साताभरका लागि गरेको मौसमी विवरणको अनुमान यस्तो छ:

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ३२ बजे

भारतीय निर्वाचन आयोगमाथि विपक्षीले लगाए धाँधलीको आरोप

नयाँ दिल्ली- लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक

बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’

धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका

महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

खोटाङ– बैंक परिवर्तन हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक