ट्वाइलेटमा मोबाइल चलाउने बानी छ ? ज्यानै जाने खतरा ! « Khabarhub

ट्वाइलेटमा मोबाइल चलाउने बानी छ ? ज्यानै जाने खतरा !


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिले फड्को मारेसँगै मानिसको सवैभन्दा नजिकको साथी मोबाइल बनेको छ ।

हरेक मान्छेको हात–हातमा मोबाइल सहज उपलब्ध भएको छ । मानिस अलिकति फुर्सदिलो भयो कि मोबाइलमै झुन्डिन्छन् । खानाबेला देखी ट्वाइलेट वा बाथरुममा हुँदासम्म मोबाइलको प्रयोग गर्ने धेरैको बानी हुनसक्छ ।

ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथी खेलवाड गर्नु हो । यस्तो बानीले ज्यानै जानसक्ने विशेषज्ञहरु बताउँछन् ।

बाथरुम वा ट्वाइलेमा मोबाइल प्रयोग गर्ने बानीले गम्भिर रोग निम्त्याइरहेको विशेषज्ञहरुको दाबी गर्छन् । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने उनीहरु सुझाउछन् ।

जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ ।

जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् ।

जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं। यति गर्दा पनि ट्वाइलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’ ले फोनलाई बारम्बार सफा गर्नुपर्ने उनीहरु सुझाउँछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ४० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का