हेटौंडामा बस दुघर्टना : एकको मृत्यु, १५ जना घाइते « Khabarhub

हेटौंडामा बस दुघर्टना : एकको मृत्यु, १५ जना घाइते


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- हेटौंडामा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डको हेटौँडा उपमहानगरपालिका १९ स्थित दारिमटार नजिकै बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा परी मुत्यु हुनेको सर्लाही जिल्ला रामपुर बोहरवा गाउँपालिका ५ का मुकेश शर्मा रहेका छन् । ५८ वर्षीय शर्माको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौँबाट रौतहटको गौरका लागि जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे २ बजे दुर्घटना भएको थियो ।

बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइतेमा ८ जना सामान्य उपचारपछि गन्तब्यतर्फ लागेका छन् । ४ जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने ३ जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

हेटौँडाबाट १४ किलोमिटर पश्चिममा भएको दुर्घटना भएको बसका चालम सम्पर्कमा नरहेको प्रहरीले जनाएकको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : ११ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको