नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने « Khabarhub

नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य वामदेव गौतमको ‘व्यवस्थापन’ गर्न उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ ।

हाल २ जना अध्यक्ष र केन्द्रमा ९ सदस्यीय पार्टी सचिवालय रहेको नेकपामा अब ‘उपाध्यक्ष’ पनि सिर्जना गरिन लागेको हो ।

शुक्रवार बसेको नेकपाको सचिवालय बैठकले नेता गौतमलाई उपाध्यक्षमा मनोनित गर्नका लागि अब बस्ने स्थायी कमिटीको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय सचिवालय बैठकले गरेको छ ।

त्यस्तै नेकपाको बैठकले विभिन्न ३३ विभागहरुको टुंगो लगाएको छ ।

सबैभन्दा विवादित बनेको स्कुल विभाग ईश्वर पोखरेलले पाएका छन् । उक्त विभागमा नारायणकाजी श्रेष्ठले पनि दावी गरेका थिए । श्रेष्ठले प्रचार विभागको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ३ : ०२ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा