सफ्टवेयर जडान गरी ठगी गर्ने १९ पेट्रोल पम्पलाई कारवाही | Khabarhub Khabarhub

सफ्टवेयर जडान गरी ठगी गर्ने १९ पेट्रोल पम्पलाई कारवाही


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले रौतहट, बारा र पर्साका १९ पेट्रोल पम्पलाई उपभोक्ता ठगी गरेको आरोपमा कारवाही गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले रौतहट, बारा, पर्सा, चितवन र मकवानपुरमा रहेका ८ सय ९१ पेट्रोलपम्पमा अनुगमन गर्दा १९ पेट्रोल पम्पले सफ्टवेयर जडान गरी उपभोक्ता ठगी गरेका गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।

कारवाहीमा परेका पेट्रोलपम्पमा बाराको विजय आयल स्टोर, महम्मद आयल स्टोर, शिवशङ्कर ट्रेडर्स, जयविकास आयल स्टोर, हरिओम आयल स्टोर र बाबा आयल ट्रेडर्सका सञ्चालकलाई जनही रु १० हजार जरिवाना तथा तीन महीना कैद सजायको दाबी गरिएको छ ।

यसैगरी खान आयल स्टोर रौतहट, बारा जिल्लाकै अमित आयल स्टोर, कृष्णा आयल स्टोर, आयुष आयल स्टोर, सोनु आयल स्टोर तथा पर्साका अर्निका ट्रेडर्स बिक्रेताका सञ्चालकलाई जनही तीन वर्ष कैद र रु ३० हजार जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरिएको प्रमुख यादवले बताए ।

यसैगरी नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडाको एशियन पेन्टस् उद्योगमाथि गुणस्तर कार्यालयले मुद्दा दायर गरेको छ । त्यसैगरी किसन एग्रो केमिकल प्रालि पर्सा र जगदम्बा आयल ट्रेडर्स बारामा नापतौल कमी रहेकाले कारवाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

यस्तै हुलास स्टिल प्रालि बारा, अपोलो फिड्स प्रालि चितवन, पञ्चरत्न फिड्स प्रालि चितवन र विनायक स्टील प्रालि चितवनले स्वीकृत क्षमता भन्दा बढीको धर्मकाटा प्रयोग गरी राजश्व छलेको भेटिएपछि एक वर्ष कैद र रु १० हजार जरिवानाकोे माग गर्दै अदालतमा मुद्दा दायर गरिएको यादवले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ५ : ५८ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७