नेकपाको स्वास्थ्य तथा जनसंख्या विभागमा पाण्डे « Khabarhub

नेकपाको स्वास्थ्य तथा जनसंख्या विभागमा पाण्डे


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी राजेन्द्र पाण्डेले पाएका छन् ।

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले प्रदेश ३ का सांसद पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

पाण्डे मनमोहन मेमोरियल इन्टिच्युट अफ हेल्थ साइन्सका अध्यक्ष समेत हुन् ।  यस्तै अञ्जना विसंखेले स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखको जिम्मेवारी पाएकी छन् । प्रतिनिधि सभाकी सांसद समेत रहेकी विसंखे संसदको शिक्षा तथा स्वास्थ्य सिमितिको सदस्य पनि हुन् ।

शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकले स्वास्थ्य तथा जनसंख्या विभाग सहित ३३ वटा विभागहरुमा प्रमुख र उपप्रमुखहरु तोकेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ५ : ५४ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै