काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी राजेन्द्र पाण्डेले पाएका छन् ।
शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले प्रदेश ३ का सांसद पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।
पाण्डे मनमोहन मेमोरियल इन्टिच्युट अफ हेल्थ साइन्सका अध्यक्ष समेत हुन् । यस्तै अञ्जना विसंखेले स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखको जिम्मेवारी पाएकी छन् । प्रतिनिधि सभाकी सांसद समेत रहेकी विसंखे संसदको शिक्षा तथा स्वास्थ्य सिमितिको सदस्य पनि हुन् ।
शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकले स्वास्थ्य तथा जनसंख्या विभाग सहित ३३ वटा विभागहरुमा प्रमुख र उपप्रमुखहरु तोकेको छ ।
प्रतिक्रिया